१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

एभरफन चकलेट बजारमा

काठमाडौं – शिखरदिप फुड इन्डस्ट्रिज प्रालिले एभरफन ब्रान्डको चकलेटको उत्पादन सुरु गरेको छ। युरोपियन स्ट्यान्डर्डको अत्याधुनिक मेसिनबाट नेपालमै मिल्क फ्लेवरमा चकलेट उत्पादन गरेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार बजारमा अहिले १० र २० रुपैयाँको प्याकेटमा चकलेट उपलब्ध छ। चाँडैनै ४० र सय रुपैयाँ पर्ने ठूलो प्याकेटमा ल्याउने कम्पनीको भनाइ छ।

कम्पनीका प्रबन्धक विक्रम कुँवरका अनुसार कम्पनीको आफ्नै ल्याबमा फर्मुला तयार गरी यो चकलेट उत्पादन गरिएको हो। चकलेटमा अन्तर्राष्ट्रिय कम्पनीका गुणस्तरीय कच्चा पर्दाथ प्रयोग गरिएको छ। स्वदेशी र दक्ष जनशक्तिबाट उत्पादित चकलेट गुणस्तरका हिसाबले अन्तर्राष्ट्रिय ब्रान्डभन्दा कम नरहेको कुँवरले बताए। कम्पनीले भविष्यमा अन्य फ्लेवरमा समेत चकलेट ल्याउने तयारी गरेको जनाएको छ।

प्रकाशित: १३ वैशाख २०७६ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App