२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

भृकुटीमण्डपमा सुज ग्यालरीको सोरुम

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा सुज ग्यालरीको पहिलो सोरुम सञ्चालनमा आएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उक्त सोरुम उद्घाटन गरेका थिए।

नेपालका ख्यातिप्राप्त नेपाली ब्रान्डका जुत्ता तथा चप्पललाई प्राथमिकतामा राख्दै एउटै स्थानबाट ग्राहकसमक्ष पुर्‍याउन सुज ग्यालरी स्थापना भएको बताइएको छ।

नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै पर्वद्धन तथा बजारीकरण गर्न सुज ग्यालरीले विभिन्न नेपाली ब्रान्डहरु बिएफ डियर हिल, क्रसरोड, कोसेली, म्याजीक, रोयल, रन सुजलगायत प्रतिष्ठित ब्रान्ड एकै छानामुनि उपलब्ध गराउने बताइएको छ।

प्रकाशित: २० माघ २०७५ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App