coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहलाई

रसुवा - भूकम्पले क्षति पुगेका मध्ये २७ प्रतिशत निजी आवास पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहले पाएका छन्।
जिल्लामा ७३ प्रतिशत निजी आवास निर्माण भइसकेको अवस्थामा सोमबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रसुवाले जिम्मेवार स्थानीय तहलाई हस्तान्तरण गरेको छ।  

सदरमुकाम धुन्चेमा आयोजना गरिएको जिल्लाका पाँचवटै स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र पुनर्निर्माण प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। सहमति अनुसार प्राधिकरणले गाउँपालिकामा इन्जिनियर, सबइन्जिनियर, असिस्टेन्ट सबइन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउनेछ। प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्ने लगायत प्रशासनिक क्रियाकलापको जिम्मेवारी स्थानीय तहको हुने व्यवस्था गरिएको आयोजना प्रमुख कृष्णकान्त उपाध्यायले बताए। प्राधिकरणले कर्मचारी व्यवस्थापन गरेपछि स्थानीय तहमा रहेको सिनियर इन्जिनियरबाट प्रमाणीकरण गरेपछि स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले प्रमाणित गरेर तयार पारिएको कागजातमा प्रमाणित भएर आएपछि एकाइमार्फत् भुक्तानी दिने व्यवस्था मिलाइने छ। स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजनाहरू गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिए बमोजिमको बजेट प्राधिकरणले सर्तसहित गाउँपालिकामा निकासा उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख गरिएको छ।

सहमति पत्रमा गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने, गाउँपालिकामा खटिएका कर्मचारीले पदीय आचरणविपरीत कार्य गरेको भेटिएमा गाउँपालिकाले कारबाहीका लागि प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईलाई सिफारिस गर्ने, निजी आवास पुनर्निर्माण सम्बन्धी तथ्यांकहरू, अभिलेख, दस्तावेज प्राधिकरणबाट क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिने उल्लेख गरिएको छ। प्रतिनिधि सभाका सदस्य मोहन आचार्य प्रदेश सभा ‘क’ का प्रभात तामाङ ‘ख’ का प्रेम तामाङ जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले पुनर्निर्माणको काम तीव्र गतिमा हुनुपर्ने सुझाव दिएका छन्। जनप्रतिनिधिबीच यसमा एकता गर्दै भूकम्पबाट विस्थापित परिवारलाई पुनस्र्थापना गर्न जोड दिनुपर्ने प्रतिनिधि सभाका सांसद मोहन आचार्यले बताए।

जिल्लामा १२ हजार चार सय ९२ लाभग्राही छन्। जसमा ११ हजार ६ सय ७२ ले पहिलो किस्ता बुझेका कार्यालयको तथ्यांक छ। दोस्रो किस्ता बुझ्ने १० हजार ६ सय १५ र तेस्रो किस्ता बुझ्ने नौ हजार एक सय ९० लाभग्राही रहेका छन्।

प्रकाशित: ८ माघ २०७५ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App