२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडाैं - सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखका कार्यकारी अधिकृत श्री राजकुमार अर्याल र एनआईसी एशिया बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरे।

यस सम्झौता अन्तर्गत एनआईसी एशिया बैंकका सम्पूर्ण ग्राहकहरुले बीमाशुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु एनआईसी एशिया बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ। साथै कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्‍याउन ६० करोड मुल्यकोे आइपीओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउने बताएकाे छ।

प्रकाशित: १२ पुस २०७५ १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App