१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

सडक निर्माण ढिलाइले आयोजना प्रभावित

रसुवा - उपभोक्ता समितिले सडक निर्माण गर्न नसकेपछि माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य पछि धकेलिएको छ। 

सडक निर्माणको जिम्मेवारी पाएका समितिले १० महिनासम्म काम गर्न नसकेपछि आयोजनाले ठेक्कामार्फत सडक निर्माण थालेको छ। आयोजना स्थलसम्म पुग्नका लागि सडक निर्माण गरिरहेका आयोजनाका इन्जिनियर किशोर गौतमले सढक निर्माणमा ढिलाइले आयेजनाको काम प्रभावित भएको बताए।

‘सडक निर्माणको काम भइरहेको आगामी चार महिनाभित्र सडक निर्माणको काम सकाउने लक्ष्य छ,’ उनले भने, ‘सडक निर्माण नसकिँदासम्म आयोजनाको संरचना निर्माण कार्य अघि बढ्न सक्दैन।’ सात किलोमिटर सडक निर्माणका लागि बाबरी कन्स्ट्रक्सन प्रालिलाई लाई ठेक्का दिइएको छ।

जिल्लाको उत्तरगया गाउँपालिका–१ मा निर्माण हुन लागेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य आउँदो माघ महिनाबाट सुरु हुने इन्जिनियर गौतमले बताए। त्रिशुली खोला र मैलुङ खोलाको दोभानदेखि रहरेखर्कसम्म सडक निर्माण भइरहेकोे छ।

आयोजनाले दिएको जानकारी अनुसार एक हजार आठ सय ५५ मिटर मुुख्य सुरुङ निर्माण हुनेछ। एक हजार मिटर पेनस्टक निर्माण हुने आयोजनाले जानकारी दिएको छ। सिभिलतर्फको काम २०७७ असारभित्र सम्पन्न हुने बताइएको छ। १४.३ मेगावट क्षमताको आयोजनाले २०७८ असारमा विद्युत् उत्पादन सुरु गर्नेछ। 

उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको थ्रिबी हवमा जोडिनेछ। त्यहाँसम्म आयोजना आफैंले प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ। थ्रिबी हबसम्म आयोजनाले करिब १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्ने उनले बताए।

निर्माण पूरा भएपछि आयोजनाले वार्षिक सात करोड ९६ लाख ७० हजार चार सय ८३ किलोवाट घण्टा विद्युत् उत्पादन गर्नेछ। २५ प्रतिशत स्वपुँजी लगानी हुने छ। सानिमा हाइड्रो समूहको मुख्य लगानीमा आयोजना निर्माण हुन लागेको हो। 

यो आयोजना निर्माणका लागि करिब एक अर्ब ८७ करोड ५० लाख लाग्ने आयोजनाले जनाएको छ। आयोजना निर्माणका लागि २०६८ भदौ २३ गते पिपिए भएको थियो। मोनलिया पावर लिमिटेडले निर्माणको जिम्मा लिएको थियो। यो कम्पनीले पछि सानिमा हाइड्रो समूहलाई नामसारी गरेको हो। 

२०७२ साउन १ गते निर्माण सम्पन्न गर्ने गरी मोनलियाले प्रक्रिया अघि बढाएको थियो। तोकिएको समयमा निर्माण कार्य सुरु नभएपछि सानिमाले निर्माण गर्न लागेको हो। आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंकले ऋण लगानी गरेको छ।

प्रकाशित: ५ पुस २०७५ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App