१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भृकुटीमण्डपमा जुत्ता मेला

काठमाडौं – नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनी सुरु भएको छ। मेलामा हजारभन्दा बढी मोडेलका जुत्ता प्रदर्शन तथा बिक्रीमा राखिएको आयोजकले जनाएको छ।

उत्पादन लागतमा उत्पादकले लिने नाफामात्र राखेर जुत्ता बिक्री गरिरहेको संघका अध्यक्ष खुमराज ढुंगानाले बताए। उनले भने, ‘यो मेलामा उत्पादक र ग्राहक आमनेसामने हुन्छन्। उत्पादकले सिधै ग्राहकलाई बिक्री गर्ने हुनाले बीचका अन्य व्यक्तिले खाने नाफा घट्नेबित्तिकै जुत्ता करिब आधा सस्तो  हुन्छ।’

मेलाको उद्देश्य स्टक क्लियरेन्स नभएर गुणस्तरीय र नयाँ डिजाइनका जुत्ता उपलब्ध गराउनु रहेको संघको भनाइ छ। मंसिर २६ गतेसम्म चल्ने मेलामा केटिएम, भेनस, फुटस्टेप, प्राइड र हाइलाइफ ब्रान्डका जुत्ता–चप्पल छन्।

मेलामा प्रवेश निःशुल्क रहेको सहभागी सम्राट सुजका प्रबन्ध निर्देशक प्रमोदकुमार महतोले बताए। उनले नेपाली जुत्ताले विस्तारै ग्राहकको मन जित्दै गएको र आयात प्रतिस्थापन हुँदै गएको बताए।

महतोका अनुसार उत्पादकले विभिन्न चरण हुँदै खुद्रा बिक्रेताकहाँ जुत्ता पुर्याउँदा लागत धेरै पर्ने कारण महँगो हुने गर्छ। तर यो मेलामा उत्पादकबाट सिधै उपभोक्ताकहाँ पुग्ने भएकोले अविश्वसनीय मूल्यमा पाइने उनले दाबी गरे। 

प्रकाशित: १३ मंसिर २०७५ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App