२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कलर्सको नयाँ हिटर बजारमा

काठमाडौं – घरायसी सामानका उत्पादक कलर्सले नयाँ डिजाइन र मोडलका इलेक्ट्रिक हेलोजिन हिटर तथा आयल फिन हिटर बजारमा ल्याएको छ। जाडो मौसममा न्यानो बनाउन उपयुक्त साधनको रुपमा यसलाई प्रयोग गर्न सकिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

कलर्सका इलेक्ट्रिक हेलोजीन हिटर तथा आयल फिन हिटर मोडेल अनुसार न्यूनतम २२ सय रुपैयाँदेखि १२ हजार चार सय ९० रुपैयाँसम्म बजारमा उपलब्ध रहेको विज्ञप्तिमा छ। यी साधनले विद्युत् खपत कम हुने तथा उच्च गुणस्तरीय रहेको कम्पनीले दाबी गरेको छ। ‘यसका आकर्षक तथा सहज बनावटले कुनै समस्याबिना कोठाको शोभा बढाउनुका साथै स्टोरेज सहजरुपमा गर्न सकिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०७५ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App