१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सल्लाघारीमा निर्माण उपकरण प्रदर्शनी सुरु

भक्तपुर– भक्तपुरको सल्लाघारी मैदानमा आजदेखि तिन दिने निर्माण उपकरण तथा प्रविधि प्रर्दशनी सुरु भएको छ।

कोनम्याक प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उद्घाटन गरेका हुन्। प्रदर्शनीमा जेसीबी, एल एण्ड टी, हुन्डाई क्याटरपिलर, टाटा हिताची कम्पनीलगायत भारतका १५० भन्दा बढी व्यापार कम्पनीका स्टलहरु राखिएका छन्।

नेपाल र भारतका निर्माण उद्योग सरोकारका कम्पनीबीच थप सम्बन्ध विस्तार गर्ने लक्ष प्रदर्शनीको छ। प्रर्दशनीको उद्घाटनमा नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीको पनि उपस्थिति थियो। प्रदर्शनी मंसिर ८गतेसम्म सञ्चालन हुने जनाइएकाे छ।

प्रकाशित: ६ मंसिर २०७५ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App