१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

टाटा मोटर्सद्वारा नेक्सन क्राज सार्वजनिक

काठमाडौं – नेपालका लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ गाडी नेक्सन क्राज बिक्री सुरु गरेको छ । कम्पनीका अनुसार नेपाली बजारमा बिक्री हुने कम्प्याक्ट एसयुभीको रुपमा पहिचान बनाएको नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राज हो।

कम्पनीले मुख्यतः सक्रिय र साहसिक जीवनशैली रुचाउने ग्राहकको आवश्यकता र मागलाई सम्बोधन गर्न नेक्सन क्राज ल्याएको जनाएको छ । टाटा मोर्टसको प्यासेन्जर भेहिकल युनिट सम्बन्धी अन्तर्राष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले मल्टिड्राइभ मोडको विशेषतायुक्त यस नयाँ गाडी सहरको व्यस्त सडकदेखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढंगले चलाउन सकिने बताए । गाडीमा रहेको २०९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले नेक्सन क्राजलाई अरुभन्दा बढी सुरक्षित र आरामदायी बनाएको कम्पनीको दाबी छ।

चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्किङ, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एसयुभी मोडेलमा पाइन्छ।

कालो र हरियो रंगको समिश्रण भएको नेक्सन क्राज १२०० पेट्रोल र १५०० सिसी इन्जिन डिजेल क्षमतामा उपलब्ध छ । मंसिर १ गतेबाट नेक्सन क्राज दुई भेरियन्टमा उपलब्ध छन् । यसको डिजेल भेरियन्टका मूल्य ४३ लाख ८५ हजार रुपैयाँ रहेको छ भने पेट्रोल भेरियन्टका लागि ३९ लाख ९५ हजार रुपैयाँ तिर्नुपर्नेछ।

प्रकाशित: ३ मंसिर २०७५ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App