१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

शेयर बजारमा आज पनि दोहोरो अंकको वृद्धि


काठमाडौ– नेपाल स्टक एक्सचेन्ज परिसूचकमा आज पनि दोहोरो अंकको बृद्दि भएको छ। 
पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १०.७९ बिन्दुले बढेर १२सय१८.०७ अंकमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.३८ बिन्दुले बढेर २५९.१९ बिन्दुमा पुगेको छ । आज कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयरहरु २४ करोड ४५ लाख ७० हजार ५५२ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको हो। 

नेप्सेका अनुसार आज समूहगत कारोबारमा बैंकिङ १०.४८, होटल ३७.६२, विकास बैंक १३.२८, जलविद्युत् ३.०४, वित्त १.२५, निर्जीवन बीमा ५७.०२, उत्पादन ०७, अन्य ३.१५, माइक्रोफाइनान्स १५.३७ र जीवन बीमा ६५.३३ बिन्दुले बढेका छन। 

 

प्रकाशित: २० कार्तिक २०७५ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App