२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

स्पर्श लघुवित्तको सभा

काठमाडौं – कास्कीको विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा गरेको छ। सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आव २०७५/०७६ को लागि लेखापरीक्षकको नियुक्ति, आव २०७४/०७५ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन सर्वसम्मतिबाट पारित गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संशोधन, जारी पुँजी वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको सेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले प्रस्तावित जारी पुँजी आठ करोड २९ लाख ६३ हजारको ३२.५ प्रतिशत बराबरको दुई लाख ६९ हजार ६ सय ३० कित्ता साधारण सेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको बताइएको छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App