२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

६ अंकले बढ्यो नेप्से, २२ करोडको शेयर कारोबार

काठमाडौं– लगातार २ दिनसम्म दोहोरो अंकको गिरावट आएको नेप्से परिसूचकमा आज भने ६.६६ अंकको बृद्दि आएको छ।परिसूचक १२ सय २३.५९ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज कुल १६३ कम्पनीका ९ लाख २४ हजार ६६५ कित्ता शेयरहरु २२ करोड १८ लाख ४ हजार ४०६रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

समूहगत कारोबारतर्फ ३ समूहको गिरावट आएको छ। बढनेमा सबैभन्दा धेरै जीवन बिमा समूह २३.३६अंकले बढेको छ भने निर्जीवन बिमा समूह २२.९९ अंकले बढेको छ। घट्नेमा सबैभन्दा धेरै होटल समूह ८.२ अंकले घटेको छ।

मंगलबार सबैभन्दा धेरै प्रभू बैंकको १ करोड ८० लाख २३ हजार रुपैयाँ र लाईफ इन्स्योरेन्स कम्पनीको १ करोड ७१ लाख ३५ हजार रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ। 

 

प्रकाशित: १३ कार्तिक २०७५ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App