२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा छुट

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहक र कर्मचारी तथा तिनका परिवारले ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन्।

बैंकले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ग्रान्डी अस्पतालसँग एक सम्झौता गरेको जनाएको छ। सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारी र कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन्।

सम्झौता अनुसार महालक्ष्मी बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक र तिनका परिवार (श्रीमान–श्रीमती, छोरा–छोरा, बुबा–आमा)ले उपचार खर्चमा साढे सात प्रतिशत छुट पाउनेछन्। बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालको सेवा शुल्कमा १० छुट पाउनेछन्।

देशका ८३ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनमा ग्रान्डी इन्टरनेसनल अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमति समेत गरेको छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App