७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

क्यासिनो महाजोङलाई अवार्ड

काठमाडौं – सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोङले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ।  भारतका पर्यटन मन्त्री केजे अल्फोन्स र संसदीय कार्य व्यवस्था मन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै नयाँदिल्लीमा भएको विशेष समारोहमा क्यासिनो महाजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपती तथा कम्पनीका जनरल म्यानेजर अमूल्यविक्रम राणालाई सो अवार्ड प्रदान गरिएको हो।

पर्यटन तथा आतिथ्य उद्योगको सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने सो अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटनसम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरेको थियो। पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशतभन्दा बढी रहको भन्दै सो अवार्ड प्रदान गरिएको महाजोङ क्यासिनोले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०७५ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App