१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टेलिकमले ल्यायो छुट र बोनस अफर

काठमाडौं – नेपाल टेलिकमले दसैंको उपलक्ष्यमा विभिन्न सेवामा छुट तथा बोनस दिने भएको छ । टेलिकमले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो।

अफर अन्तर्गत अनलिमिटेड प्याकमा जिएसएम तथा सिडिएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने जनाएको छ । ६ सय रुपैयाँमा १५ दिनको लागि प्रत्येक दिन दुई जिबी प्याक उपलब्ध भएको टेलिकमले जनाएको छ । सो प्याक अन्तर्गत एक जिबी पिक आवर (विहान ६ बजेदेखि राति १० बजेसम्म) र एक जिबी अफपिक आवर (राति १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिनेछ । सोही प्याक सात दिनका लागि तीन सयमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने टेलिकमले जनाएको छ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ।

डाटा प्याकअन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यी अफरहरु असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

रिचार्जमा बोनस आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने कम्पनीको भनाइ छ । सय र दुई सयको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जमार्फत रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय र हजारको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुने टेलिकमले जनाएको छ । सय  र दुई सयको बोनस तीन दिनभित्र र पाँच सय र हजारको बोनस पाँच दिनभित्र उपभोग गरिसक्नु पर्नेछ।

त्यसैगरी, एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस पाँच दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । त्यसैगरी, असोज ३० देखि कात्तिक ६ गतेसम्म एडिएसएल, एफटिटिएच, वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकको समयावधि कात्तिक ७ गतेसम्म थप गरिने जनाएको छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकको सेवा अवरुद्ध हुने छैन।  

प्रकाशित: २४ आश्विन २०७५ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App