१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

केन्द्र सरकारको अलमलले कामै गर्न पाइएनः मुख्यमन्त्री पोखरेल

बुटवल,— प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारको अलमलका कारण प्रदेश र स्थानीय तहले कामै गर्न नपाएको बताएका छन्। उनले संघीय सरकार र केन्द्रीय प्रशासन दिगो विकास मैत्रीनभएको समेतत टिप्पणी गरेका छन्। 

 राष्ट्रिय योजना आयोगले बुटवलमा आयोजना गरेको दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मुल्यांकन तथा तथ्याङंक सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा पोखरेलले केन्द्रीय सरकारका कामकारबाही प्रति असन्तुष्टि जनाएका हुन्।

यसअघि संघीय सरकारप्रति नरम रहँदै आएका मुख्यमन्त्रीले सोमबारको कार्यक्रममा भने असन्तुष्टि पोखे। ‘संघले कर्मचारी र संगठनात्मक संरचनाको व्यवस्थापनमा २५ प्रतिशत पनि काम गर्न सकेको छैन,’ उनले भने, ‘हामीसंग विकासको काम गर्ने इकाइ नै छैन। हरेक चिजमा संरचनाहरु बढाउनु पर्ने आवश्यकता छ र तर यथार्थमा केन्द्रले घटाइ रहेकोे छ, हरेक चिजमा अलमलिरहेको अबस्थामा छौ।’ त्यसको प्रभाव प्रदेश र स्थानीय तहको विकासमा परेको उनले जानकारी गराए।

केन्द्र सरकारको नीतिगत र कार्यगत योजना तर्जुमामै त्रुटी रहेको उनको भनाइ थियो। ‘नीतिगत र कार्यगत योजना दुवै माथिबाट तलसम्म जाने हालको परिपाठीले स्थानीय आवश्यकता सम्बोधन हुन सक्दैन्,’ उनले भने, ‘कार्यगत योजना तर्जुमा तल्लोतहबाट माथिसम्म जाने परिपाठी हामीलाई आवश्यक हुन्छ।’ 

पोखरेलले प्रदेशस्तमा विकास लक्षित संरचना नै खुम्चाइएको भन्दै असन्तुष्टि जनाए। स्थानीयस्तरमा सडक र खानेपानीका योजनाको माग सबैभन्दा धेरै भए पनि प्रदेशमा सडक हेर्ने संरचना नै नभएको, खानेपानीका लागि पनि पनि १२ जिल्लाका लागि जम्मा ४ वटा मात्रै दिइएको भन्दै संघको केन्द्रिकृत मानसीकताका कारण प्रदेशलाइ काम गर्न कठिनाइ भएको दिृष्टान्त उनले प्रस्तुत गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पनि स्थानीय तह र प्रदेश बलियो नबनाए सम्म दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताएका थिए।
 

प्रकाशित: २२ आश्विन २०७५ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App