२६ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जापान सरकारले दियो ३० करोड बढी अनुदान

काठमाडौं – जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ।

अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरे। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको आधारभूत तथा माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने उक्त कार्यक्रमको उद्देश्य÷गुणस्तरीयता अभिवृद्धि तथा अध्ययन–अध्यापनको सुधार हो।

त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित हुनु दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग पुग्नु हो भने। सहसचिव नेपालले नेपालको आर्थिक सामाजिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे।   (रासस)

 

प्रकाशित: १९ आश्विन २०७५ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App