२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

यामाहाको दसैं अफरमा सुवाष गिरीले जिते यामाहा आर ३

काठमाडौं – यामाहाको दसैं योजना ‘विजय यात्रा’को पहिलो साप्ताहिक लक्की ड्रका विजेता सुवाष गिरीलाई यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा आर३ हस्तान्तरण गरेको छ। 

यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको साप्ताहिक लक्की ड्रमा गिरी विजेताको रुपमा छानिएको थियो। 

भाग्यशाली विजेता सुवास गिरीले नयाँ बजारस्थित कालीगण्डकी अटो वक्र्सबाट एफजिएस एफआई मोटरसाइकल खरिद गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 

पहिलो साप्ताहिक लक्की ड्रका विजेता गिरीलाई कालीगण्डकी अटो वक्र्सका प्रबन्ध निर्देशक प्रेम गैरैले यामाहा आर३ को साँचो हस्तान्तरण गरेको जनाएको छ। 

यसैबीच, दोस्रो हप्ताको भाग्यशाली विजेताको नाम पनि घोषणा भइसकेको छ । महेन्द्रनगरका विजेन्द्र मल्ल दोस्रो विजेताका रुपमा छानिएका छन्। 

यामाहाको दसैं योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजारदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यसैगरी, हरेक हप्ता हुने लकी ड्रमा एकजनाले ब्रान्ड न्यु यामाहा आर३ जित्न सक्नेछन्।

दसैंकै अवसरमा यामाहाले हरेक मोटरसाइकल वा स्कुटरको टेस्ट राइडमा सरप्राइज गिफ्ट प्रदान गर्दै आएको छ । यामाहा स्कुटर वा सलुटो बाइक २० प्रतिशत डाउन पेमेन्टमा समेत उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १९ आश्विन २०७५ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App