११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

वेस्टर्न युनियनको स्किम आयो

काठमाडौं – भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले चाडपर्वको अवसर पारेर ‘खुसीको पर्व’ नामको प्रवद्र्धन योजना ल्याएको छ।

योजनाअन्तर्गत विदेशमा रहेका नेपालीले पठाएको रकम प्राप्त गर्दा उपहारस्वरुप रकम नै प्राप्त हुनेछ । योजनामा सहभागी हुन वेस्टर्न युनियनका सातवटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सिजी फिन्को, हुलास रेमिट, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिट्यान्स प्रालि र सूर्य रेमिट प्रालि तथा तिनका नेपालभरका सबएजेन्ट मार्फत रकम प्राप्त गर्नुपर्ने कम्पनीले जनाएको छ।

यस योजनामा लक्की ड्रमार्फत हरेक दिन एकजना भाग्यशाली विजेताले दैनिक १५ हजार जित्नेछन् । योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहारस्वरुप पाँच लाख रुपैयाँ जित्नेछ । योजना कात्तिक मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ। 

 

प्रकाशित: १२ आश्विन २०७५ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App