काठमाडौं – सिद्धार्थ बैंक लिमिटेड र हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापछि बैंकका कर्मचारी तथा ग्राहकले उक्त अस्पतालमा स्वास्थ्य सेवा लिँदा ५० प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख पेमेन्ट सलुसन्स, सुरेशराज महर्जन र अस्पतालका अध्यक्ष, कृृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ११ आश्विन २०७५ ०४:३२ बिहीबार