२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सुजुकी बाइक तथा स्कुटरमा दसैं स्किम

काठमाडौं – भिजी अटोमोबाइलस प्रालिबाट बिक्री वितरण हुँदै आएको सुजुकी बाइक तथा स्कुटरमा दसैं स्किम आएको छ।

नेपालभरीका सुजुकी सोरुमबाट खरिद गर्दा बाइकमा आठ हजार र स्कुटरमा १० हजार छुट पाइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। बम्पर उपहारमा १० जना खरिदकर्तालाई जापान घुम्न पठाइने कम्पनीले जनाएको छ।

स्किम कात्तिक ३० गतेसम्म लागू हुनेछ । बाइक तथा स्कुटरमा फाइनान्स र एक्सचेन्जको सुविधा समेत छ । सुजुकी बाइकमा पाँच वर्ष वारेन्टी छ । योजना अवधिमा बाइक र स्कुटर गरेर ४२ सयवटा बेच्ने लक्ष्य लिइएको कम्पनीका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए।

प्रकाशित: ८ आश्विन २०७५ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App