७ वैशाख २०८१ शुक्रबार
अर्थ

टोखा नगरपालिकाद्वारा सूचना, प्रविधि तालिम

काठमाडौं – सामसङ इलेक्ट्रोनिक्स कोरियाको प्राविधिक सहयोगमा टोखा नगरपालिकाद्वारा आयोजना गरिएको पाँचदिने सूचना तथा प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ । स्थानीय युवालाई हार्डवेर तथा सफ्टवेयरमा आधारित एप्लिकेसनको तालिम दिएको नगरपालिकाले जनाएको छ। 

सेप्टेम्बर ९ मा सुरु गरिएको उक्त तालिममा सामसङ कोरियाका वरिष्ठ इन्जिनियरले टोखा नगरपालिकाद्वारा छनोट गरेका सयजना प्रशिक्षार्थीलाई ग्राफिक डिजाइन, बेबसाइट डिजाइन, कम्प्युटर र स्मार्टफोन मर्मतको आधारभूत तालिम दिएका थिए । सहभागीमध्ये ६० प्रतिशत स्थानीय महिला रहेको बताइएको छ। 

 

प्रकाशित: ३ आश्विन २०७५ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App