२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सुजुकीको पर्वोत्सव योजना

काठमाडौं – जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले दसैं र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ। मंगलबारबाट सुरु नाडा अटो सोको अवसरमा कम्पनीले उक्त योजनाबारे जानकारी सार्वजनिक गर्दै सम्पूर्ण गाडीमा अफर उपलब्ध गराउने छ।

नाडा अटो सोकोे लागि यस योजना अन्तर्गत कम्पनीले थप आकर्षक छुट पनि उपलब्ध गराउने जनाएको छ। सो छुट सुजुकीको नाडा अटो सो स्टल नं जे१७ को साथै नेपालभरका सम्पूर्ण सुजुकी सोरुममा उपलब्ध हुनेछ।   

यसपालिको ‘पर्वोत्सव’ अफरअन्तर्गत उपभोक्ताले २ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत १ लाख रुपौयाँसम्म अतिरिक्त छुट पाउनेछन्। यसबाहेक उपभोक्ताले कम्पनीका २०१७ का सम्पूर्ण मोडलमा तथा नाडा अटो सोको बुकिङमा विशेष छुटसमेत पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App