२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माछापुछ्रे  बैंक र रियान्डा बिजसर्भबीच सम्झौता

काठमाडौं – माछापुछ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भसँग सम्झौता गरेको छ । रियान्डाले फिनलिटसँग सहकार्य गरी उक्त कार्यक्रम सञ्चालन गर्नेछ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डाका प्रबन्ध निर्देशक भरत रिजाल र फिनलिटका प्रबन्ध निर्देशक  प्रकाश कोइरालाले हस्ताक्षर गरे । यो सम्झौतासँगै बैंकले तोकेबमोजिमका वित्तीय साक्षरतासम्बन्धि सम्पूर्ण कार्य रियान्डाले गर्नेछ। 

यस सम्झौता कार्यान्वयनपछि नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लामा बैंकले वित्तीय साक्षरतासम्बन्धि कार्यक्रम गर्ने लक्ष्य राखेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले उक्त कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धि तालिम, श्रव्यदृश्य प्रस्तुति, नाटक–कथा मञ्चन, पुस्तक र पढ्ने सामग्री वितरण गरिने जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७५ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App