२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौ–निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा सोमबार दोहोरो अंकको बृद्धि देखिएको छ। नेप्से परिसूचक १०.४३ अंकले बढेर ११ सय ७४ दशमलव ३७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

सोमबार कारोबार भएका होटल बाहेक सबै समूहका परिसूचक सकारात्मक बन्दा समग्र सूचकमा दोहोरो अंकको बृद्धि देखिएको हो। सबैभन्दा धेरै जीवन बिमा ११०.८५ अंकले बढेको छ। त्यसलाई पच्छ्याउँदै निर्जीवन बिमा समूहमा ७५.५५ अंकको बृद्धि भएको छ। विकास बैंक समूह १६.२२ अंकले बढेको छ। 

परिसूचकमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार रकम भने सामान्य नै छ। कुल १५७ कम्पनी ५ लाख ३३ हजार ४९२ कित्ता शेयर १६ करोड ९६ लाख ६१ हजार ४३१ रुपैयाँमा खरिदबिक्री भएका छन्। 

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १ करोड २० लाख कित्ता शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सोमबारको कार्यक्रममा कमाउनेमा सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीका शेयरधनीले प्रतिकित्ता ३०० रुपैयाँ कमाएका छन् भने सपोर्ट माइक्रो फाईनान्सका शेयर धनीले १०२ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्।

 

प्रकाशित: २८ श्रावण २०७५ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App