८ वैशाख २०८१ शनिबार
अर्थ

नबिल बैंक र एसियन नेट कम्पनी जापानबीच विप्रेषण सम्झौतामा

काठमाडौं– नबिल बैंकले एसियन नेट कम्पनी लिमिटेड जापानस“ग विप्रेषण  कारोबारका लागि सम्झौता गरेको छ।

जापानको टोकियोमा आयोजित एक कार्यक्रममा नबिल बैंकका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एसियन नेट कम्पनी जापानका अध्यक्ष हिगासिदा सुजेनले सम्झौतापत्रमा हस्ताक्षर गरेको नबिलले जनाएको छ ।  

सम्झौतापछि जापानमा रहेका नेपालीले नबिल बैंकमा रहेको खातामा वा अन्य कुनै बैंक वा वित्तीय संस्थाको खातामा नबिल बैंकमार्फत रकम पठाउन सक्ने बैंकले जनाएको छ ।नबिल बैंकले जापानबाट आफ्ना ग्राहकका लागि सुरक्षित, सस्तो र छिटो माध्यमबाट रकम ल्याउने काम गर्नेछ ।  नबिल बैंक वेस्टर्न युनियनको नेपालमा रहेको एकमात्र प्रमुख एजेन्ट बैंक रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ७ श्रावण २०७५ ००:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App