काठमाडौं – एनसेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७४ को एसइईमा सहभागी दुई सय ५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ।
उच्च शिक्षाको तयारीका लागि विभिन्न ६९ वटा इन्स्टिच्युटमा ब्रिज कोर्ष गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।एनसेलले गत वर्षको चैत महिनामा ‘पहिलो सिम’ योजना ल्याएको थियो । योजनाअन्तर्गत ब्रिज कोर्स कक्षा सञ्चालन गरिरहेका विभिन्न ६९ इन्स्टिच्युटमा अध्ययनरत तीनदेखि सात उत्कृष्ट विद्यार्थी गरी जम्मा दुई सय ५८ उत्कृष्ट विद्यार्थीलाई पाँच हजार रुपैयाँ राशीको आंशिक छात्रवृति प्रदान गरेको हो।
इन्स्टिच्युटले विभिन्न समयमा लिएको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आंशिक छात्रवृत्ति पाएको एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ३ श्रावण २०७५ ०२:४५ बिहीबार