२ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

पुल निर्माण हुँदै

कञ्चनपुर - कञ्चनपुरको लाझाडी गाउँपालिका – ३ बल्मिस्थित दोदा नदीमा रु ३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु भएको छ।

तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ।पुल निर्माणको कार्य शुरु भएपछि यहाँका बासिन्दाको वषौंदेखिको नदी तर्नुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका प्रमुख मदनसेन वडायकले बताए ।

नदीमा पुल नहुँदा वर्षाका बेला यहाँका बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । यस क्षेत्रमा एक हजार बढी परिवारको बसोवास रहेको छ।रासस

 

प्रकाशित: ३० असार २०७५ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App