३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सानिमा इन्स्योरेन्सको कारोबार सुरु

काठमाडौं– सानिमा इन्स्योरेन्सले औपचारिक रुपमा आफ्नो व्यावसायिक कारोबार सुरु गरेको छ । बुधबार विशेष कार्यक्रमबीच कम्पनीका सञ्चालक खेमराज लामिछानेले कारोबार सुरु गरेका हुन् ।

कम्पनीले आफ्नो व्यावसायिक सुरुवातको अवसरमा नेपाली बिमा बजारमा रहेका अग्नि, मोटर, निर्माण, जलविद्युत्, बाली र पशुधन लगायत विविध बिमा सेवा सुरु गरेको जनाएको छ।

कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड, जारी पुँजी एक अर्ब र चुक्ता पुँजी ७० करोड रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । आगामी आर्थिक वर्षभित्र ३० करोड बराबरको सेयर सर्वसाधारणका लागि जारी गरी चुक्ता पुँजी एक अर्ब पु¥याउने लक्ष्य राखेको छ ।सानिमा बैंक, सानिमा प्रालि, गैरआवासीय नेपाली संघका संरक्षक जिवा लामिछाने लगायतको मुख्य लगानी रहेको यस कम्पनीमा गैरआवासीय नेपाली तथा प्रतिष्ठित उद्योगी व्यवसायीद्वारा प्रवद्र्धन गरिएको छ।

कम्पनी सञ्चालक समिति अध्यक्षमा डा. जुगल भुर्तेल, सञ्चालकहरूमा अरुणकुमार ओझा र खेमराज लामिछाने छन् । व्यवस्थापन समूहतर्फ नायव महाप्रबन्धक सुवोधलाल श्रेष्ठ, सहायक महाप्रबन्धक तथा कम्पनी सचिव राजु पौडेल, सहायक महाप्रबन्धक बजार विभाग अनिल गिरी छन् ।कम्पनीले आगामी आर्थिक वर्ष ०७५÷७६ मा देशभर कम्तीमा २० वटा शाखा कार्यालय स्थापना गरी बिमा सेवाको पहुँचलाई जनस्तरमा व्यापक बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित: २८ असार २०७५ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App