काठमाडौं– लक्ष्मी बैंक तथा लक्ष्मी बैंक केयर्सले बाराको गढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा सोलार जडान गरेको छ ।
एक कार्यक्रमबीच मन्दिरमा सोलार जडान गरेका हो । बैंकले २० लाखको लागतमा १४ थान सोलार जडान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, बैंकको बनेपा शाखाका कर्मचारीले बनेपा नगरपालिका–९ स्थित वृक्षरोपण गरेको जारी विज्ञप्तिमा उल्लेख छ । सो कार्यक्रमअन्तर्गत दुई सयवटा विभिन्न प्रजातीका बिरुवा तथा फलफूलका बिरुवा रोपिएको बैंकले जनाएको छ ।
प्रकाशित: २६ असार २०७५ ०१:४६ मंगलबार