६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्राइम लाइफ र मुक्तिनाथ बैंकबीच सम्झौता


काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्।

अब प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बिमा योजना मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयबाट उपलब्ध हुनेछन्। हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको जीवन बिमा कोष ६ अर्ब २० करोड रुपैयाँ र कुल प्रिमियम ११ अर्ब ७ करोड रुपैयाँ रहेको छ। इन्स्योरेन्सले देशभरका एक सय २५ स्थानबाट सेवा प्रदान गरिरहेको जनाएको छ।

प्रकाशित: २४ असार २०७५ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App