१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सेयर बजार ९ बिन्दुले ओर्लियो

काठमाडौं – सेयर बजार मापक नेप्से सूचक सोमबार ९.७२ बिन्दुले ओरालो लागेको छ । निरन्तर ओरालो यात्रा तय गरेको नेप्से १२१०.०९ बिन्दुमा आइपुगेको हो।

सोमबार एक सय ५८ कम्पनीको १८ करोड ५१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । साताको पहिलो दिन आइतबारको तुलनामा यो कम कारोबार हो । आइतबार २० करोड ९३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

दैनिक ७० करोडभन्दा बढीको कारोबार हुने गरेको सेयर बजार अहिले १८–२० करोडमा सीमित हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । सरकारले एकपछि अर्को गर्दै सेयर बजार प्रभावित गर्ने नीति ल्याएपछि बजार ओरालो लागेको लगानीकर्ताको भनाइ छ।

सोमबार पाँच लाख ७४ हजार सात सय ८१ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेमा ९ वटा समूहको सेयर कारोबार भएकामा दुई समूहको सूचक मात्र बढेका छन् । बाँकी सबै समूहका सूचक घटेका छन् । बिमा समूहको सूचक सबैभन्दा धेरै ७९.७६ बिन्दुले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ८.११ बिन्दुले तल झरेको छ ।

सोमबार समता माइक्रोफाइनान्सको सबैभन्दा बढी ८८ लाख ९६ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा एसबिआई बैंक र नेपाल बंगलादेश बैंक छन्।

प्रकाशित: १२ असार २०७५ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App