काठमाडौं– मुक्तिनाथ विकास बैंकले काठमाडौंको, माछापोखरीमा शाखा खोलेको छ ।
ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले (सुन्तली) ले उक्त शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको हालसम्म ७८ वटा शाखा सञ्चालनमा छन् ।
प्रकाशित: ११ असार २०७५ ०१:१९ सोमबार