४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजेट : पाँच लाखलाई रोजगारी

काठमाडौं- आर्थिक वर्ष २०७५/०७६ को बजेटले यो वर्ष ५ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ। बजेट कार्यान्वयन सँगै स्वदेशमै ५ लाख रोजगारी सृजना हुने अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरे। बजेटमा वैदेशिक रोजगारीलाई कम गर्दै स्वदेशमै रोजगारी बढाउने समेत बताइएको छ।

आगामि वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखिएको छ। यस्तै उर्जा क्षेत्रमा नागरिकलाई जोड्ने गरी योजना प्रस्तुत गरिएको छ। ३ हजार मेगावाटका विद्युत आयोजना नागरिक लगानीबाटै निर्माण गरिने अर्थमन्त्री खतिवडाले घोषणा गरे। पर्यटन क्षेत्रमा भिजिट नेपाल २०२० घोषणा गरिएको छ।

यस्तै सरकारले ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ। नागढुंगा-नौबिसे, टोखा-छहेर-गुर्ज भञ्ज्याङ, खुर्कोट-चियाबारी, सिद्धबाबामा र बिपीनगर-खुटिया-दिपायल सडक खण्डमा सुरुङ निर्माण हुने छन्।   

प्रकाशित: १५ जेष्ठ २०७५ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App