२७ असार २०८२ शुक्रबार
image/svg+xml
अर्थ

जुम्लाका स्थानीय तहले ल्याए तीन अर्ब बढीको बजेट

जुम्लाका आठ वटै स्थानीय तहमा समयमै बजेट आएको छ। यो वर्ष आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएका छन्। 

एक नगरपालिका र सात गाउँपालिकाले बजेट ल्याएका हुन्। आठ वटा स्थानीय तह रहेको जुम्लामा कुल ३ अर्ब ३६ करोड ३४ बजेट छ। चन्दननाथ नगरपालिकाले ६१ करोड ३२ लाख ९२ हजारको बजेट ल्याएको छ।

त्यस्तै तातोपानी गाउँपालिकाले ५१ करोड ५९ लाख आठ २ हजार बराबरको बजेट ल्याएको छ। यस्तै तिला गाउँपालिकाले ५१ करोड ३९ लाख ७९ हजारको बजेट ल्याएको छ। यता हिमा गाउँपालिकाले ४० करोड २ लाख ७५ हजार विनियोजन भएको अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए।

त्यस्तै सिञ्जा गाउँपालिकाले ४७ करोड २२ लाख ३५ हजार बजेट ल्याएको छ। कनकासुन्दरी गाउँपालिकाले ४९ करोड ७१ लाख ७३ हजार ९ सय ९६ रुपैयाँको बजेट ल्याएको छ। पातारासी गाउँपालिकाले ४३ करोड ५८ लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ भने यता गुठिचौर गाउँपालिकाले सबैभन्दा कम ३४ करोड ७९ लाख २५ हजार ९ सय ७० रुपैयाँ १९ पैसाको विनियोजन गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रूपमा बजेट ल्याउनुपर्छ।

प्रकाशित: ११ असार २०८२ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App