२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

माछापुच्छ्रेको एमबिएल स्मार्ट बचत खाता

काठमाडौं – माछापुच्छ्रे बैंकले आकर्षक सुविधासहितको एमबिएल स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ।

उक्त खातामा न्यूनतम पाँच हजार बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ। उक्त खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेको बैंकले जनाएको छ।

स्मार्ट सुविधाअन्तर्गत ग्राहकहरुले इन्टरनेट बैंकिङ सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर सुविधा, सि–आस्बा सुविधा, अन्तर–शाखा कारोबार सुविधा निःशुल्क रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले ग्राहकलाई लकर सुविधामा ५० प्रतिशत छुट दिइरहेको जनाएको छ। उक्त खाता थप आकर्षक बनाउन बैंकले स्वास्थ र दुर्घटना बिमाको सुविधासमेत प्रदान गर्ने भएको छ।

जसमा ग्राहकले पाँच लाखसम्मको दुर्घटना बिमा, एक लाखसम्मको अस्पताल भर्ना खर्च र पाँच हजारसम्मको औषधि खर्च निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७५ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App