१ असार २०८२ आइतबार
image/svg+xml
अर्थ

महिला उद्यमी संघ बागलुङमा शाक्य

<br>

महिला उद्यमी संघ बागलुङको हालै भएको अधिवेशन। तस्बिरः नागरिक

महिला उद्यमी संघ बागलुङको पहिलो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। बुधबार सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनले आगामि तीनवर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।  

आगामी तीनवर्षका लागि एघार सदस्यीय कार्यसमिति चयन गरेको छ। अधिवेशनको महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली र बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गरेका थिए।  

संघको अध्यक्ष उमा शाक्य, उपाध्यक्ष यामकुमारी थापा, सचिव नवीना श्रीषथापा, कोषाध्यक्ष लक्ष्मी किसान, सहसचिव फूलमाया थापा पुन, सह कोषाध्यक्ष रिता घर्ती चयन भएका छन्। त्यस्तै सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, फूलमाया थापा, पार्वती पुन, लक्ष्मी थापा, बिहानी छन्त्याल थापा पनि चयन भएका छन्।

संघको यसअघि तदर्थ समितिको अध्यक्षमा पनि उमा शाक्य नै थिइन। कार्यक्रममा महासंघकी अध्यक्ष ज्ञवालीले महिलालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले विशेष ध्यान दिनपर्ने बताईन। ‘महिलालाई उद्यमशील बनाउन सबैको साथ र सहयोग जरुरी छ,’ उनले भनिन, ‘कृषिमार्फत पनि महिलालाई आत्मनिर्भर बनाउन सकिन्छ। कृषि उत्पादन बढाएर निर्यात बढाउन सकेको खण्डमा मुलुकले नै आर्थिक वृद्धि गर्छ।’

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले महिलालाई उद्यमशील बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम गरिरहेको बताए। ‘महिलालाई आत्मनिर्भर बनाउने हो भने परिवार हुँदै मूलूक नै बलियो हुनेछ,’ उनले भने, ‘स्थानीय तहले त्यसका लागि पहल गरिरहेको छ।’ आगामि आर्थिक वर्षमा महिला उद्यमशीलताका लागि बजेट पनि विनियोजन गर्ने उनले बताए।  

संघकी अध्यक्ष उमा शाक्यले बागलुङ नगरभित्रका महिलालाई समेटेर उद्यमशीलताको बाटोमा अगाडि बढाईरहेको बताईन। महासंघकी गण्डकी प्रनिनिधि पार्वती पौडेल रेग्मी लगायत बागलुङका महिला उद्यमी सहभागि थिए।  

प्रकाशित: १८ वैशाख २०८२ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App