१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:६ पूर्वाह्न
अर्थ

ताप्लेजुङ उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत, अध्यक्षमा गौतम

ताप्लेजुङ उद्योग वाणिज्य संघमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ। विकास गौतम अध्यक्ष रहेको कार्य समिति चयन भएको हो। यसअघि कोषाध्यक्ष रहेका गौतम र वरिष्ठ उपाध्यक्ष रहेका दावा शेर्पाबिच चुनावी प्रतिस्पर्धा हुने भनिए पनि शेर्पाले आफ्नो दाबेदारी फिर्ता लिएपछि गौतम निर्विरोध भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा शेर्पा नै दोहोरिने सहमति बनेको छ। निर्वाचित सदस्यमध्येबाट कार्य समितिको पहिलो बैठकले वरिष्ठ उपाध्यक्ष मनोनीत गर्ने प्रावधान अनुरुप शेर्पालाई यसपटक पनि वरिष्ठ उपाध्यक्ष नै बनाउने भद्र सहमति बनेको छ। संघको प्रथम उपाध्यक्षमा शान्ति मादेन, द्वितीय उपाध्यक्षमा सोजित श्रेष्ठ, तृतीय उपाध्यक्षमा रुपक घिमिरे, महासचिवमा कमल लिम्बू, सचिवमा खेम केसी र कोषाध्यक्षमा युवराज महतारा चयन भएका छन्।

सदस्यहरूमा पुण्यप्रसाद आचार्य, तेजबहादुर भट्टराई, गायत्री भण्डारी, लोचन भण्डारी, युवराज बराल, हरिप्रसाद ओझा, तेजकुमार सुनुवार (जंग), दिनेश भट्टराई, सन्तोष भट्टराई, विकास हाङगाम, गणेश विक र लिलाराज पौडेल चयन भएका छन्। कार्य समितिले मनोनीत गर्ने ७ सदस्यीयको समेत सहमतिका क्रममा टुङ्गो लागेको छ।

मनोनीत हुने गरी सहमति बनेकाहरूमा भद्रवीर रेग्मी, रेवतबहादुर श्रेष्ठ, भोला बराल, नन्दकुमार बानियाँ, हेमनाथ केसी, गीता भट्टराई र हरिचन्द्र पौडेल रहेका छन्। दलीय सहमतिमा विभाजित भएका वाणिज्य संघका उम्मेदवारहरूले सुरुमा घोषित र अघोषित गठनबन्धन समेतको घोषणा गरेका थिए।

कांग्रेस र एमालेबिच लिखित तथा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबिच अघोषित गठबन्धन थियो। गौतम कांग्रेस र एमालेका साझा उम्मेदवारको रूपमा घोषित थिए भने शेर्पा माओवादी केन्द्र र राश्वपाका साझा उम्मेदवार थिए। ताप्लेजुङ उद्योग वाणिज्य संघको यो अधिवेशनका लागि करिब साढे ६ सय मतदाता रहेका थिए। ताप्लेजुङ उद्योग वाणिज्य संघको विधानअनुसार अध्यक्षपछिको दोस्रो बरियतामा अब निवर्तमान उपाध्यक्ष नारायण थापा रहने छन् भने त्यसपछि वरिष्ठ उपाध्यक्ष हुँदै अन्य पदाधिकारीको मर्यादाक्रम हुने छ।

प्रकाशित: १५ चैत्र २०८१ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App