२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

यामाहाका स्कुटरमा अभूतपूर्व ‘रिसेल प्रोमिस’

काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनः बिक्री वाचा’ घोषणा गरेको छ।

यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पाउने छन्।

यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछ । १८औं महिनादेखि २४औं महिनामा यामाहाका दुईपांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटर धनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछ । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजनाको वैधता तीन वर्षसम्म हुनेछ।

‘भर्खरै भएको एक अध्ययनले यामाहाका स्कुटरहरु स्टाइल र कम्फर्टमा सबैभन्दा बढी रुचाइएको देखाएको थियो । ग्राहकको रोजाइमा पर्नु गर्वको कुरा हो । उहाँहरुप्रति कृतज्ञता व्यक्त गर्न हामीले यो अभुतपूर्व योजना ल्याएका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने, ‘अब यामाहाका स्कुटर स्टाइलिस र कम्फर्टेबल मात्र छैन, रिसेल प्रोमिस ग्यारेन्टी गरिएको पनि छ।’

यामाहाले ६ वर्षअघिदेखि नेपालमा स्कुटर भित्र्याउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेका छन् । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ। यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउँछ।

नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिला–पुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ।

यामाहाले नयाँ वर्ष २०७५ को अवसरमा ‘आमन्त्रण’ नामको ग्राहक योजना ल्याएको थियो । यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ जसमा उहाँले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र शतप्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनुहुनेछ।

प्रकाशित: ४ वैशाख २०७५ ००:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App