६ वैशाख २०८१ बिहीबार
अर्थ

हुवावेको वाई ९ र वाई ७ स्मार्टफोन

काठमाडौं– हुवावेले नेपाली बजारमा वाई सिरिजको दुई परिमार्जित स्मार्टफोन सार्वजनिक गरेको छ । हुवावेको नोभा २ आईले नेपाली बजारमा व्यापक सफलता पाएको भन्दै त्यसैको परिमार्जित स्मार्टफोन आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो।

हुवावेले सार्वजनिक गरेका फोनहरु वाई रेन्जका उत्कृष्ट भएको दाबी गरेको छ । वाई ९–२०१८ मा अगाडि र पछाडि गरी ४ वटा इन्टेलिजेन्ट क्यामेरा छन्।वाई ७ प्रो २०१८ लाई कम्पनीले डुअल क्यामेरा एक्स्पर्ट फोन दाबी भनेको छ । वाई ९ को मूल्य २५ हजार नौ सय र वाई ७ प्रोको मूल्य २० हजार नौ सय रुपैयाँ तोकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २६ चैत्र २०७४ ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App