२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतसँग पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढाउने सहमति भयो: ऊर्जा मन्त्री खड्का

<br>

आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरूले कर चुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताएका छन्।

मंगलबार भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै तिवारीले यस्तो कुरा बताएका हुन । उनले कुनैपनि कम्पनीहरूले कर चुक्ताको प्रमाण आवश्यकताअनुसार लिन सकिने बताए । उनले कर चुक्ता अनिवार्य नभएको भन्दै आवश्यकताअनुसार लिन आवश्यक रहेको बताए।

उनले ६३ लाख करदाता रहेको भन्दै घरबाट नै आवश्यक भएको खण्डमा कर चुक्ताको प्रमाण पत्र प्रिन्ट गर्न सकिने बताए। उनले करदाता सबै इमानदार नभएको बताए। उनले अहिले एसेसमेण्ट गरेको कर पछि तिर्न पाउनुपर्ने भन्दै करदाताहरू अदालतमा गएको देखिएको बताए।

उनले २० वर्षसम्मका पुराना मुद्दा र फाइलहरू जिल्ला,उच्च,पुनरावेदन र सर्वोच्च अदालतमा फर्छ्यौट गर्न बाँकी रहेको बताए। उनले आन्तरिक राजश्व विभागको प्रशासनिक अदालतमा १ हजार ७६३ प्रशासनिक पुनरावेदनमा मुद्दा रहेको बताए। उनले प्रशासनिक पुनरावेदनमा मुद्दाहरू बढेर गइरहेको भन्दै अब फाइल घटाउने भन्दा पनि मुद्दा घटाएर टुंगो लगाउनुपर्ने बताए । 

प्रकाशित: २१ कार्तिक २०८१ २१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App