१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

गौतमबुद्ध विमान स्थलमा थाई एसियाको परीक्षण उडान,२३ गतेबाट नियमित उडान गर्ने

थाई एसिया एअरलाइन्सले  आज पहिलोपटक  बैङ्कक- भैरहवा- बैंकक उडान सुरु गरेको छ। आइतबार बिहान ६ः ५५ बजे थाई एसियाको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए ३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ। एअरलाइन्सले आगामी कार्तिक२३ गतेदेखि सातामा दुईपटक नियमित उडान गर्ने तालिका बनाएको छ। 

परीक्षण उडान गरेको थाई एसियाको सो विमानलाई विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र पर्यटन व्यवसायीले स्वागत गरेका छन्।

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार रुपैयाँ रहेको जनाइएको छ। एयर एसियाको यो विमान बिहान ७ः४० बजे नै बैंकक प्रस्थान गरिसकेको छ।

प्रकाशित: १८ कार्तिक २०८१ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App