१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
अर्थ

उडान अनुमतिबिनै आएको थाई एयर एसियाको जहाज काठमाडौंमै रोकियो

फाइल तस्बिर

उडान अनुमति नलिई आएको थाई एयर एसियाको विमान काठमाडौँमै रोकिएको छ।

आइतबार काठमाडौँ आएको विमानलाई अनुमति नलिएको भन्दै अवतरण गर्न दिइएको थिएन्। विमान करिब एक घण्टा आकाशमै  ‘होल्ड’ भएपछि मानवीय संवेदनशीलतालाई हेर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक जगन्नाथ निरौलाले विमानको उडान अनुमति हिजो (शनिबार) नै सकिएको जानकारी दिए। 

निरौलाले भने, 'जहाज उडानको लागि समर र विन्टर सिजनको अनुमति लिनुपर्छ। समरको अनुमति हिजो शनिबार सकियो। आजदेखि विन्टर सुरु भयो। विन्टरको लागि यो जहाजले उडान अनुमति लिएको थिएन। तर एयर एसियाको नेपाल प्रतिनिधिले मिलाउँछु भनेको कारण जहाज नेपाल आएको बताइएको छ। हामीले मानवीय संवेदनशीलताका कारण जहाज अवतरण गर्न दियौँ। उडान गर्न भने अनुमति लिनुपर्ने छ।' 

प्रकाशित: ११ कार्तिक २०८१ १८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App