४ कार्तिक २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटन व्यवसायी मिश्रको निधन

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ। केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका उनको उपचारको क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो।

मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

मुलुकको पर्यटन विकासका लागि टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए। मिश्रका श्रीमती र एक छोरा छन्।

प्रकाशित: ४ कार्तिक २०८१ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App