१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सहकारी पीडितको रकम सरकारी कोषबाट होइन, ठगबाटै फिर्ता हुनुपर्छ: सांसद सुवाल

संघीय सांसद प्रेम सुवालले सहकारी पीडितहरूको रकम सरकारी कोषबाट फिर्ता दिने चर्चा चलेको भन्दै त्यसो गर्न नहुने बताए। बरु सहकारी ठगीबाटै चल अचल सम्पत्ति जफत गरी बचत फिर्ता दिनुपर्नेमा जोड दिए।

झीगु बचत तथा श्रृण सहकारी संस्था लिमिटेड गोल मढी भक्तपुरको शनिबार १७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सहकारी ठगहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखे।

भक्तपुरमा सहकारी पीडितहरूलाई उल्टो टोपी लगाएर उहिल्यै कारबाही गरेको प्रसङ्ग सम्झँदै उनले ऐन नियम कडाइपूर्ण परिपालन हुनुपर्ने खाँचौ औँल्याए।

समुदायमा आधारित सहकारीलाई मात्रै विश्वास गर्नुपर्ने भन्दै उनले समुदायमा आधारित सहकारीहरू भाग्न नसक्ने दाबी गरे। समुदायकै मानिसबाट चल्ने भएकाले उनीहरु रकम लिएर भाग्न नसक्ने उनको भनाई थियो।

उनले समुदायमा आधारित सहकारीहरू तल्लो जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

आफूले संसदमा सहकारी ठगहरूलाई कारबाहीको माग राख्दा एमाले सांसदहरूबाट सहकारी विरोधी भनी बिल्ला भिराएको पनि उनले सुनाए। सहकारीको रकम ठगी गर्ने नेता, कार्यकर्ता जोसुकैलाई पनि कारबाहीका भागिदारी हुनुपर्ने माग राखे।

प्रकाशित: १९ आश्विन २०८१ १७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App