१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

होटल बाराहीमा दसैं भोज

यहाँस्थित होटल बाराहीले दसैंका अवसर पारेर ‘बाराही दसै भोज’ आयोजना गर्ने भएको छ। दसैंको बेलामा पोखरा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गर्दे कार्यक्रम गर्न थालेको बाराहीले बताएको छ।

बाराहीका आवासीय प्रबन्धक रोहीत शः ले दसैंको बेलामा घुम्न आउने आन्तरिक र बाहय पर्यटकलाई लक्षित गर्दै पोखराका दसैं भोज कार्यक्रम आयोजना गरेको बताए। उनका अनुसार बाराही दसैं भोज असोज २४ देखि २६ गतेसम्म लेकसाइडस्थित बाराही होटलमा हुनेछ।  

‘शुद्ध नेपाली स्वाख चखाउने गरि बाराही दसैं भोज आयोजना गरेका हौ। जो कोही आन्तरिक वा बाह्य पाहुनाले प्रतिव्यक्ति दुइहजार रुपैयाँ तिरेपछि यो भोजमा सहभागि हुन पाउनेछन, उनीहरुले नेपाली स्वादको खाना खान पाउनेछन,’ उनले भने, ‘चाँडबाँडको बेला कारणबस घर जान नपाएका वा घुम्न निस्केका आन्तरिक पाहुना पोखरा भित्रिएका विदेशी पाहुनालाई शुद्ध नेपाली स्वाद चखाउने गरि कार्यक्रम आयोजना गरेका हौ।’

पोखरा भित्रैका आन्तरिक पाहुना पनि यो कार्यक्रममा सहभागि हुन सक्ने होटलका फूड एण्ड वेभरेज म्यानेजर रामजी घतानेले बताए। उनका अनुसार होटलमा बसेका बाहेक बाहिरका पाहुनाले पनि यो खानाको स्वाद लिन पाउनेछन।  

‘जो कोही पाहुनाले पनि नेपाली खानाको स्वाद चाख्न पाउनेछन्। नितान्त नेपाली स्वादमा खाना पस्किएर खुवाउने हो,’ उनले भने, ‘होटल भन्नासाथ विदेशी खानाको स्वाद पाइन्छ भन्ने बुझाई छ। त्यसलाई चिर्नका लागि पनि स्वदेशी परिकार पस्कने योजना बनाएका हौ।’  

पोखरा सहरभित्रैका पाहुना पनि यसमा सहभागि हुन पाउने उनले सुनाए। यो बेला विदेशी पाहुनाको सिजन हो। त्यसबाहेक स्वदेशी पाहुना पनि ठूलो संख्यामा पोखरा घुम्न आउन्छन। ती सबै पाहुनालाई लक्षित गरि बाराही दसैं भोज आयोजना गरेको घतानेले बताए।

प्रकाशित: १९ आश्विन २०८१ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App