४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

लहानमा जेसिबीको आधिकारिक आउटलेट

काठमाडौं– नेपालको लागि जेसिबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

नयाँ ‘एआरओ’बाट जेसिबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् ।यो क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीको सहजताका लागि जेसिबीले आधिकारिक आउटलेट सुरु गरेको हो।

नयाँ ‘एआरओ’को उद्घाटन प्रदेश २ का सांसद लगनलाल चौधरीले गरेको कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा नयाँ‘एआरओ’का प्रबन्धनिर्देशकधनवीर महतोले सहज सेवा दिने र यसमा कुनै सम्झौता नहुने बताएको कम्पनीले जनाएको छ।

कार्यक्रममा सिराहा निर्माण व्यवसायी संघका अध्यक्ष विशाल साह र टप इँटा उद्योगका अनोज यादवको साथै उदयपुर, सप्तरी, खोटाङ, ओखलढुंगाका निर्माण व्यवसायीको सहभागिता रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: २२ चैत्र २०७४ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App