८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्सेमा गिरावट जारी, २४७०.३९ विन्दुमा झर्यो नेप्से

नेप्सेमा गिरावट जारी रहेको छ  । मंगलबार नेप्से  ५८.९३ अंक घटेर २४७०.३९ विन्दुमा झरेको छ।

पछिल्ला १३ कारोबार दिनमा दुई कारोबार दिनबाहेक अरु ११ कारोबार दिनमा नेप्से घटेर बन्द भएको छ।

मंगलबार सेन्सेटिभ इण्डेक्स ९.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।

मंगलबार कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। सोमबार ५ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३०९ स्टकको ७७ हजार २६४ पटकको कारोबारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार  अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८३ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी घटेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ।

प्रकाशित: ८ आश्विन २०८१ १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App