स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन कुनै घटबढ नभएको सुनको मूल्य बुधबार पनि स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो।
यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य २० रुपैयाँले घटेदै प्रतितोला १ हजार ७५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८१ १०:४६ बुधबार