२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

स्थानीय बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख  ५१  हजार ९ सय रुपैयाँ पुगेको हो।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च विन्दु हाे।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०८१ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App